
मंगलवार , चैत्र १८, २०८१
भैरहवा, १९ चैत । रोहिणी गाउँपालिकाका अध्यक्ष तथा जनता समाजवादी पार्टी (जसपा), नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष विद्या प्रसाद यादवले दीपक बोहराको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको निधनले रोहिणीसहित रुपन्देहीको विकासमा ठुलो क्षति पुगेको अध्यक्ष यादवको भनाइ छ ।
विकासप्रेमी नेता बोहराको निधनले निकै दुखित बनाएको उनले बताए ।
अध्यक्ष यादवले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij