२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सांसद् बोहराको पार्थिव शरीर भैरहवामा, श्रद्धाञ्जली दिइदै

मंगलवार , चैत्र १८, २०८१

भैरहवा, १९ चैत । रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको पार्थिव शरीर उनको गृहनगर भैरहवामा ल्याइएको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित बोहरा निवासमा राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा नागरिकले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । 

राप्रपा वरिष्ठ नेता बोहराको मंगलबार (आज) बिहान काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो । उनको शव हेलिकोप्टरमा भैरहवा ल्याइएको हो ।  उनको शव आजै काठमाडौं लगिने राप्रपाका केन्द्रीय सदस्य तोया नाथ लम्सालले बताए ।

IMG_1245.JPG

पार्टी केन्द्रिय कार्यालयमा श्रद्धाञ्जली दिएर बुधबार (भोली) पशुपति आर्यघाटमा उनको अन्त्येष्टी गरिने राप्रपाले जनाएको छ ।