
मंगलवार , चैत्र १८, २०८१
भैरहवा, १९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
खाणले मंगलबार शोक वक्तव्य जारी गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेका हुन् । उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
खाण २०७९ सालमा सम्पन्न निर्वाचनमा पूर्वमन्त्री बोहरासँग प्रतिनिधि सभा सदस्य पराजित भएका थिए । बोहरा २ हजार ६ सय ८१ मतान्तरले विजयी भएका थिए । खाणसँग प्रतिष्पर्धा गरेका बोहराले ३६ हजार ७ सय १७ मत र खाणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए ।
बोहराको उपचारका क्रममा मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij