२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

भैरहवा र बुटवलमा ‘यामाहा मेगा एक्सचेन्ज अफर’

बुधवार , चैत्र १९, २०८१

  • 994
    Shares
  • 994
    Shares
  • भैरहवा, २० चैत । बिहीबारदेखि रुपन्देहीको भैरहवा र बुटवलमा ‘यामाहा मेगा एक्सचेन्ज अफर’ सुरु हुने भएको छ । २०८१ चैत २१ देखि २७ गतेसम्म भैरहवाको नारायणपथस्थित एम ए डब्लु प्रा.लि. र बुटवलको मिलनचोकस्थित बाइकर्स प्रा.लि. (यामाहा सोरुम) मा यो अफर सञ्चालन हुनेछ ।

    अफर अन्तर्गत कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर ल्याउँदा ग्राहकले बजार मूल्य थप १० हजार रुपैयाँ मूल्यांकनको साथ नयाँ यामाहाको मोटरसाइकल वा स्कुटर चढेर जान सक्ने एम ए डब्लु प्रा.लि. शोरुम म्यानेजर मनोज गुप्ताले बताए । उनका अनुसार ‘न्यू ईअर स्कीम’ अन्तर्गत नकिन्दै ५० हजार र किन्दा १ लाख रुपैयाँ जित्ने मौका रहेको छ । 

    ‘यो अफरमा सरल र स्पट फाइनान्स सेवा, ७ दशमलव ९९ प्रतिशत ब्याजरमा, सीमित मोडलमा बिना ब्याजको फाइनान्स सेवा छ, ’गुप्ताले भने–‘हेल्मेट, लेग गार्ड, बाईक कभर, फूट म्याट र ब्याग उपलब्ध गराइनेछ ।’ थप जानकारीका लागि ९७०४५९११२१ (भैरहवा) र ९७०९०१९२०३ मा सम्पर्क गर्न सकिनेछ ।