२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पशुपति आर्यघाटमा सांसद् बोहराको अन्त्येष्टी

बिहिवार , चैत्र २०, २०८१

भैरहवा, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा सांसद् दीपक बोहराको अन्त्येष्टी गरिएको छ । मंगलबार उपचारका क्रममा निधन भएका सांसद् बोहराको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो । उनको पार्थिव शरीरमा छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिएका थिए ।

त्यसअघि पशुपति आर्यघाटमा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, विभिन्न दलका नेता लगायत पुगेर बोहरालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइएको थियो ।

487923246_9186876794772634_7765583554613759913_n.jpg

पूर्वमन्त्री समेत रहेका बोहराको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको थियो । बोहरा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।