
शुक्रवार , चैत्र २१, २०८१
दाङ, २२ चैत । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय सेवासम्बन्धी नियमावली, बजेट व्यवस्थापन सम्बन्धी निर्णयहरू गरेको छ ।
बैठकले स्थानीय निजामती सेवा नियमावली, २०८१ लाई प्रदेश लोक सेवा आयोगको परामर्शका लागि पठाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
त्यस्तै बैठकले प्रदेश समपूरक अनुदान व्यवस्थापन दोस्रो संशोधन कार्यविधि, २०८१ स्वीकृत गर्ने, प्रदेशका आयोजनाको बहुवर्षीय ठेक्का सम्झौता सम्बन्धी मापदण्ड, २०८१ स्वीकृत गर्ने तथा आगामी आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्ने अनुदानको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सामयिक कर तथा राजस्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा स्वीकृति प्रदान गर्ने निर्णय पनि गरिएको छ । त्यसै गरी संघीय सरकारबाट हस्तान्तरण भइ कार्यान्वयनमा रहेका आयोजनाहरूको लागि बजेट माग गर्ने निर्णय गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij