
शुक्रवार , चैत्र २१, २०८१
भैरहवा, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफुले गिरफ्तारी दिने बताएका हुन् । उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु,’ लामिछानेले भनेका छन्, ‘ साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु ।’ उनले आफूमाथि ठूलो अन्याय भएको पनि बताएका छन् । ‘ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन् ।
साथै, भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि उनले पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij