
शुक्रवार , चैत्र २१, २०८१
भैरहवा, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले उनको घरमै पुगेर पक्राउ गरेको छ । उच्च अदालतले आदेश दिएको केहीबेरमै प्रहरी लामिछानेको बुढानिलकण्ठस्थित निवास पुगेर प्रहरीले पक्राउ गरेको हो । लामिछानेले आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेको सामाजिक सञ्जालमा लेखेको केही समयमै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार राती ९ बजे उनी आफ्नो निवासबाट पक्राउ परेका हुन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij