
शनिवार , चैत्र २२, २०८१
भैरहवा, २३ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पक्लिहवास्थित श्री पक्लिहवा माध्यमिक विद्यालयको ‘६६औं स्थापना दिवस तथा अभिभावक भेला २०८१’ सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले शिक्षा क्षेत्रको विकास बिना कुनै पनि क्षेत्रको विकास सम्भव नरहेको बताए । उनले राज्यले शिक्षामा थप लगानी गर्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य चौधरीले स्रोतसाधनको सीमितता रहेता पनि सामूदायिक विद्यालयले कुनै कुराले कम नरहेको भनेर विद्यार्थी संख्या र नतिजामा पनि प्रमाणित गर्नुपर्ने बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, सिद्धार्थनगर–१ का वडा सदस्य हरिमाया गुरुङ्ग, नगरपालिकाको शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, बेलहिया मा.वि.का व्यवस्थापन समिति अध्यक्ष देवराज न्यौपाने, प्रधानाध्यापक बसन्त कुमार बस्नेत, समाजसेवी सुरेन्द्रजंग थापा, कृष्ण खनाल, लेखनाथ भट्टराई लगायतले विद्यालयको विगतको इतिहास, समाज रुपान्तरणमा यसले गरेको योगदान, शिक्षा क्षेत्रको विकासमा नयाँ कार्ययोजना, भुमिका तथा असल नागरिकको निर्माणमा विद्यालयले पारेको प्रभावको बारेमा धारणाहरु राखेका थिए ।
कार्यक्रममा भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष, सल्लाहकार तथा बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा, व्यवस्थापन समितिका सल्लाहकार याम बहादुर थापा, सिद्धार्थनगर–६ का वडा सदस्य अनिल कुमार केसी, पूर्व वडाअध्यक्ष रमेश मल्ल, विजयनाथ धवल, श्याम खनाल, भविलाल पौडेल, टंक ज्ञवाली, योगेन्द्रनाथ पाण्डे, चेतन गुरुङ्ग, राकेश गुरुङ्ग, तेजेन्द्र गुरुङ्ग, राम प्रसाद सापकोटा, माधव शर्मा, सुमन शर्मा, नयाँगाउँ रानीगाउँ आमा समाजका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, तेक्वान्दो कला प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयले नयाँ वर्ष २०८२ को लागि प्रकाशन गरेको भित्तेपात्रो पनि विमोचन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं युवा समाजसेवी सुशील गुरुङ्गको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, विद्यालयका सह–प्रधानाध्यापक शेर बहादुर थापाको स्वागत तथा शिक्षिका गीता पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij