२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ब्रिटिस ग्रामर स्कूल रुपन्देहीले मनायो वार्षिकोत्सव

शनिवार , चैत्र २२, २०८१

भैरहवा, २३ चैत । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देही (नमस्ते एकडेमी) ले शुक्रबार  वार्षिकोत्सव मनाउको छ । विद्यालयका प्राचार्य डिलबहादुर  बुढाथोकीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयको  प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विभिन्न विधामा सम्मानित गर्नुको साथै विद्यार्थीले नाटक, कला नृत्य ,गीत, संगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर पाण्डेयले ब्रिटिस ग्रामर स्कूल रुपन्देहीले नेपालको शैक्षिक क्षेत्रमा गरेको नौलो प्रयास अनुकरणीय र राज्यका लागि नै फरक तरिकाले सोच्न बाध्य बनाएको बताए । गुणस्तरीय शिक्षाका लागि आफ्ना बालबालिकालाई रुपन्देही जिल्ला बाहिर र छिमेकी देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । निजी क्षेत्रमैत्री कानून बनेमा निजी क्षेत्र फस्टाउने उनले बताए ।

ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुण कुमार कंडेलले विद्यार्थीको सर्वांगीण विकासका लागि विद्यालय हरेक क्षेत्रबाट लागिपरेको बताए । विद्यार्थीद्वारा विद्यार्थीका लागि र विद्यार्थीको कार्यक्रमका रुपमा सम्पन्न  भएको सम्पूर्ण कार्यक्रमको संयोजन र सञ्चालन विद्यार्थीले गरेका थिए । कर्यक्रमको संयोजन र सहजीकरण कक्षा शिक्षक, संयोजक, नृत्य एवं गायन शिक्षकले गरेका थिए । 

विभिन्न विधामा सम्मानित हुने विद्यार्थीलाई विद्यालयकी निर्देशक पुष्पा कँडेल,  डिबि खत्री, चुरामणि गौतम, कृष्ण अर्याल, शोभा गौतम, स्कूल हेड अरुण कुमार कंडेल, विद्यालयका व्यवस्थापक उमेश कंडेल, क्याम्ब्रिज मन्टेशवरी बुटबलका प्राचार्य रमेश न्यौपाने, हेभेन्ली ग्राडेन किड्स क्याम्पस भैरहवाकी प्रिन्सिपल रचना क्षेत्री, क्याम्ब्रिज मन्टेश्वरी बुटवलकी प्रिन्सिपल नितु श्रेष्ठ, समर्पण अटिजम बाल गृहकी प्रिन्सिपल मञ्जु श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

ब्रिटिस ग्रामर स्कूल रुपन्देही नेपालको सबैभन्दा ठूलो शैक्षिक घराना ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रियस्तरको विद्यालय हो । यो विद्यालयका भगिनी शैक्षिक संस्थाहरु चितवन, पोखरा, काठमाडौ, दुबई, क्यानाडा र बेलायतमा रहेको छ । 

ब्रिटिस ग्रामर स्कुल रुपन्देही मोफसलको एक मात्रै क्याम्ब्रिज सर्टिफाइड विद्यालय भएकाले यसको शैक्षणिक र अतिरिक्त क्रियाकलाप ग्लोबल बजार अनुसार हुने संस्थापक प्राचार्य राजेन्द्र कुँवरले दावी गरे ।अभिभावकलाई निर्धक्क साथ आफ्ना नानीबाबुको प्रगतिमा हातेमालो गर्न उनले आह्वान समेत गरे ।