२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रवि लामिछानेलाई आज भैरहवा ल्याइँदै

शनिवार , चैत्र २२, २०८१

भैरहवा, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार (आज) भैरहवा ल्याउँदैछ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा ल्याउन लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।

प्रहरी स्रोतका अनुसार उनलाई विमानबाट भैरहवा ल्याउन लागिएको छ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।