२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

नेपालको शिक्षा नीतिमा सुधार आवश्यक : पूर्वमुख्यमन्त्री राउत

आइतवार , चैत्र २३, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • भैरहवा, २४ चैत । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपालको शिक्षा नीतिमा सुधार आवश्यक रहेकोमा जोड दिएका छन् । उनले समयसापेक्ष शिक्षा आवश्यक रहेको बताएका हुन् ।

    जनता समाजवादी पार्टी (जसपा), नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई शनिबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै राउतले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताए ।

    उनले नेपालको शिक्षा नीति समयसापेक्ष हुन नसकेकोले यसले रोजगारी दिन नसकेको बताए । ‘मैले सुरुदेखि नै जोड दिदै आएको छु बजारमा बिक्नेखालको शिक्षा चाहिन्छ, ’उनले भने–‘पढेपछि जागिर मात्र नभइ आत्मनिर्भर बन्ने शिक्षा चाहिन्छ ।’

    जसपा नेपालका महासचिव समेत रहेका राउतले नेपालमै राम्रो शिक्षाको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले प्रत्येक वर्ष अध्ययनकै लागि अरबौं रुपैयाँ विदेश गइरहेको र नेपाली विद्यार्थी पलायन भइरहेको बताए। उनले आफू मुख्यमन्त्री हुँदा मधेशमा तीनवटा विश्वविद्यालय बनेको बताए । सरकारको नीति, संविधान र कानून एकातिर तर, व्यवहारमा भने अर्कै रहेको उनको भनाइ छ ।

    नेपालमा भएका परिवर्तनमा युवा–विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध चलखेल भइरहेको उनले बताए ।