
आइतवार , चैत्र २३, २०८१
अर्घाखाँची, २४ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा भएको जीप दुर्घटनाका मृतकका परिवारलाई भेट गरी समवेदना प्रकट गरेका छन् । अर्घाखाँची जिल्ला अस्पतालमा पुगेर मृतक परिवारका सदस्यसँग भेट र घाइतेहरूको अवस्थाबारे जानकारी लिदै उनले उपचारलाई प्रभावकारी बनाउन जोड दिए ।
लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिंगल क्याब जिप अनियन्त्रित भई करिब २५० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।
लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको जिप दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई सन्धिखर्क अस्पताल लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
मुख्यमन्त्री आचार्यले सडक दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij