२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रवि लामिछाने भैरहवा कारागारको ब्लक नम्बर ४ मा

सोमवार , चैत्र २४, २०८१

भैरहवा, २५ चैत । भैरहवा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ । जिल्ला कारागार कार्यालय सिद्धार्थनगर, रुपन्देहीका प्रमुख (कारागार प्रशासक) सुरेश भण्डारीका अनुसार लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ ।

स्वास्थ्य परीक्षणपछि उनलाई कारागार चलान गरिएको हो । उक्त ब्लकमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताए । भैरहवा कारागारमा हाल ५९४ जना कैदाबन्दी छन् ।

सरकारी विदाका कारण दुईदिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिइ कारागार ल्याइएको हो । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारागारमा रहनेछन् ।

बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी सस्था लिमिटेडको रकम अपचलन तथा संगिठत अपराध मुद्दामा लामिछानेलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेशगरेपछि उनलाई पक्राउ गरेर आज बिहान पूर्पक्षका लागि भैरहवा स्थित कारागार चलान गरिएको हो ।