२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवल हस्पिटलको आयोजनामा रक्तदान, ६४ यूनिट रगत संकलन

सोमवार , चैत्र २४, २०८१

बुटवल, २५ चैत । विश्व स्वास्थ्य दिवसको अवसरमा बुटवल हस्पिटल प्रा.लि. बुटवल, रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भइरहेको बेला बुटवल हस्पिटलले रक्तदान कार्यक्रम गरेको हो । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ६४ यूनिट रगत संकलन भएको छ । 

बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अनुसार आयोजित कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरु, अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टीनका कर्मचारीहरु, बिरामीका आफन्त तथा शुभेच्छुकहरु सहभागी भएका थिए । 

रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले अस्पतालहरुमा रगतको अभाव भइरहेको सन्दर्भ पारेर कार्यक्रम गरिएको बताए । उनले रगतदान गरेमा अर्को एकजना बिरामीको ज्यान बच्न सक्छ भन्ने भावनाका विकास गर्नका लागि पनि हस्पिटलले रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आएको बताए ।

एक सय शैया सञ्चालनमा रहेको बुटवल हस्पिटल प्रा.लि.ले रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण प्रसाद खनालले बताए ।

01.JPG