२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सैनामैना र ओमसतियाबाट अवैध माटो उत्खनन् गर्ने सवारी नियन्त्रणमा

सोमवार , चैत्र २४, २०८१

भैरहवा, २५ चैत । अवैध रुपमा माटो उत्खनन्मा संलग्न सवारीसाधनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले सोमबार सैनामैना नगरपालिका–७ देवापारबाट लु २ ख २७६५ नम्बरको टिप्पर र लु १ क ५२१९ नम्बरको जेसीबी नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा माटो उत्खनन् तथा ओसारपसार भइरहेको अवस्थामा फेला परेका टिप्पर र जेसीबीलाई आवश्यक कारवाहीका लागि सैनामैना नगरपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । डीएसपी कार्कीका अनुसार नगरपालिकाले १ लाख १० हजार रुपैयाँ जरिवाना गरी सवारी छाडिएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले सोमबार ओमसतिया गाउँपालिका–६ स्थित नरैनापुरबाट अवैध माटो उत्खनन् गरिरहेको अवस्थामा लु १ क ३१९१ नम्बरको जेसीबी नियन्त्रणमा लिएको छ । 
नियन्त्रणमा लिइएको जेसीबी आवश्यक कारवाहीको लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएकोमा ३५ हजार रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ ।