
सोमवार , चैत्र २४, २०८१
भैरहवा, २५ चैत । रुपन्देहीको भैरहवामा सिद्धार्थनगर कला साहित्य महोत्सव–२०८१ हुने भएको छ । प्रश्रित प्रतिष्ठान नेपालले आयोजनामा यही चैत ३० गते शनिबार महोत्सव हुने भएको हो । सिद्धार्थनगर क्षेत्रको कला र साहित्यको प्रवद्र्धन गर्दै भैरहवा क्षेत्रका कलाकार र साहित्य स्रष्टाहरूलाई प्रोत्साहित गरी सामाजिक एवं साँस्कृतिक रूपान्तरणमा मलजल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. कपिलदेव लामिछानेले बताए ।
कार्यक्रममा बहुभाषी कविगोष्ठी, पुस्तक लोकार्पण तथा समीक्षा, कला साहित्यमा लगानी आवश्यकता र औचित्य विषयमा विज्ञ बहस, अन्तरविद्यालय कविता प्रतियोगिता, चित्रकला र पुस्तक प्रदर्शनी कार्यक्रम हुने आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij