
बिहिवार , चैत्र २७, २०८१
भैरहवा, २८ चैत । नेपाल प्रहरीले दुर्गा प्रसाई हालसम्म पक्राउ नपरेको जनाएको छ । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाई प्रहरीको खोजीको सूचीमा रहेको र हालसम्म उनी पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यले बिहीबार राती विज्ञप्ती जारी गर्दै भनेका छन्–‘भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनुहुन सबैमा आग्रह गर्दछौं । नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शिषर्कमा विभिन्न समाचारहरु प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनपछि प्रसाई फरार छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij