
शुक्रवार , चैत्र २८, २०८१
भैरहवा, २९ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित पर्ल सेकेण्डरी स्कूलमा वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार विद्यालयमा कार्यक्रम गरिएको प्रिन्सिपल लक्ष्मण ज्ञवालीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले पर्ल सेकेण्डरी स्कूल तिलोत्तमाको उत्कृष्ट विद्यालयहरुमा पर्ने बताए । उनले आफूले नजिकबाट यो विद्यालयलाई चिनेको बताए । ‘ढुक्कसँग यो विद्यालयमा अध्ययन गर्न सकिने कुरा यहाँका अभिभावकहरुबाट जानकारी पाइएको छ, ’ उनले भने ।
कार्यक्रममा विशिष्ट अतिथि अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, विद्यालय सञ्चालक समिति सदस्य इन्द्र बहादुर थापा, विनायक घिमिरे, प्रिन्सिपल लक्ष्मण ज्ञवाली लगायतले भनाइ राखेका थिए ।
माया काफ्लेको अध्यक्षथा तथा रुपा भण्डारी र चन्दा सारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालयले आयोजना गरेका खेलकुद प्रतियोगितामा विजयी विद्यार्थी (खेलाडीहरुलाई) पुरस्कार वितरण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij