२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

युसीएमएसमा आधारभूत जीवन सहायता तथा स्वासप्रस्वास व्यवस्थापन सम्बन्धी कार्यशाला

आइतवार , चैत्र ३०, २०८१

भैरहवा, ३१ चैत । युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमस) शिक्षण अस्पताल, भैरहवामा एकदिने आधारभूत जीवन सहायता तथा स्वासप्रस्वास व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । 
युसीएमस अन्तर्गत एनेस्थेसिया तथा सघन उपचार विभागको आयोजनामा कार्यशाला भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए । 

स्वास्थ्य संस्थाको पहुँच भन्दा बाहिर कुनै व्यक्ति अचानक अचेत हुँदा ती व्यक्तिको जीवन बचाउन तत्काललाई गर्नुपर्ने स्वास्थ्य उपचार र सुरक्षित रुपमा अस्पतालसम्म कसरी पुर्याउन सकिन्छ भनेर आवश्यक विधिको बारेमा ज्ञान दिइएको विभागले जनाएको छ ।

युसीएमएस शिक्षण अस्पतालका प्राचार्य तथा एनेस्थेसिया तथा सघन उपचार विभागका विभागीय प्रमुख प्रा.डा.लक्ष्मी पाठकको सभापतित्वमा सम्पन्न कार्यशालामा एनेस्थेसिया विशेषज्ञ डा.विजय यादव, डा.आनन्द कुमार अग्रहरी, डा.मृगेन्द्र पोड्याल र डा केशव अधिकारीले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए । 

त्यस्तै एनेस्थेसिया विभाग अन्तर्गतका आवासीय चिकित्सकहरु डा.स्वस्तिका अधिकारी, डा.मिक्की कौशल्या, डा.आशिष रेग्मी र डा.सौरभ मिश्राले कार्यशालाको व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए ।
कार्यशालामा सहभागीहरुले व्यक्तिगत रुपमा ‘मेडिकल मेनिकिन’ मा सिक्नुका साथै पावर प्वाइन्ट तथा मिडिया प्रस्तुती, व्यवहारिक रुपमै सिकाई, तालिम अघि र तालिम पश्चात् मूल्यांकन विधिद्वारा परिक्षार्थीको जाँच गरिएको थियो । 

3.jpeg

३६ जनाको सहभागीता रहेको कार्यशालामा युसीएमएसमा कार्यरत स्वास्थ्यकर्मीहरुसहित सिद्धार्थनगर सिटी अस्पताल र माक्स अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरुको पनि सहभागीता थियो । कार्यशालामा सहभागी सम्पूर्ण परीक्षार्थीहरु सहभागीताका साथै पूर्णरुपमा उत्तीर्ण भएपश्चात प्रमाणपत्र पनि प्रदान गरिएको प्रा.डा.लक्ष्मी पाठकले बताइन् ।

कार्यशालामा सहभागी स्वास्थ्यकर्मी दिलिप जैसवालले अत्यन्त व्यवस्थित वातावरणमा सम्पन्न कार्यशालामार्फत जीवनउपयोगी ज्ञान हासिल गरेको र यस्ता कार्यशाला भोलिका दिनमा पनि निरन्तरता पाउनुपर्नेमा जोड दिए।