२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ भैरहवामा जारी

बुधवार , बैशाख ३, २०८२

भैरहवा, ३ वैशाख । रुपन्देहीको भैरहवामा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ ल्याएको छ । ‘बाईक लैजाउँ नागरिकताको साथमा’ भन्ने मूल नाराका साथ २०८१ चैत ३१ देखि सुरु भएको यो मेला २०८२ वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

भैरहवाको देवकोटाचोकस्थित एस.आर. कम्पलेक्समा सञ्चालित मेलामा कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटर बजाजको नयाँ मोटरसाइकलसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा अतिरिक्त १० हजार मूल्यांकनको व्यवस्था रहेको कम्पनीको भनाइ छ । 

त्यस्तै शुन्य प्रतिशत सर्भिस चार्ज, अन द स्पट फाइनान्स (९ दशमलव ९९ प्रतिशत ब्याजदरमा ३६ महिना अवधिका लागि), बजाज खुसीको मिटर अन्तर्गत क्यास डिस्काउन्ट, फ्री एक्सेसरिजको सुविधा रहेको बज अटोमोबाइल्स प्रा.लि.भैरहवाका व्यवस्थापक बलराम आचार्यले बताए । आचार्यका अनुसार यो अफरमा बजाज बाइकको खरिदमा पक्का नगद उपहार पाइन्छ ।

WhatsApp Image 2025-04-16 at 6.37.39 PM.jpeg

थप जानकारीका लागि बज अटोमोबाइल्स प्रा.लि., न्यू नमस्ते अटो प्रा.लि. र बस्याल अटोमोबाइल्स प्रा.लि.मा सम्पर्क गर्न सकिने उनले बताए ।