२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पर्लमा व्यवसायिक विकास तालिम

बिहिवार , बैशाख ४, २०८२

भैरहवा, ४ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित पर्ल माध्यमिक विद्यालयमा एकदिने व्यवसायिक विकास तालिम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा–१५ की वडा सदस्य क्षिदिजा पौडेलले पर्ल मावि उत्कृष्ट विद्यालयको रुपमा रहेकाले अभिभावकले ढुक्क भएर भर्ना गराउन सक्ने बताइन् ।

तालिममा भूमिका माधव पौड्याल, आई.बी. थापा र लक्ष्मण ज्ञवालीले सहजीकरण गरेका थिए । सहभागीलाई प्रमाणपत्र वितरण गर्दै शिक्षाविद आई.बी. थापाले तालिममा सिकेको कुरा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष माया काफ्लेको अध्यक्षता, प्रिन्सिपल लक्ष्मण ज्ञवालीको स्वागत तथा शिक्षिका रुपा भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्यमाथि प्राचार्य ज्ञवालीले प्रकाश पारेका थिए ।

WhatsApp Image 2025-04-16 at 10.30.48 PM.jpeg