२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीका मुख्य न्यायाधिवक्ताद्वारा कारागार अनुगमन जारी, सुधारका लागि निर्देशनात्मक सुझाव

शुक्रवार , बैशाख ५, २०८२

कपिलवस्तु, ५ वैशाख । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले कारागार तथा हिरासत कक्षको अनुगमन जारी राखेका छन् । उनले कपिलवस्तु जिल्लाको गोरुसिंगेमा रहेको ईलाका प्रहरी कार्यालयमा रहेका हिरासत कक्ष तथा प्रशासनिक अवस्था, मुद्दाको अनुसन्धानसम्बन्धी पक्षको अनुगमन गरेका छन् ।

मुख्य न्यायाधिवक्ता खनालले चुस्त र प्रभावकारी प्रशासकीय सेवा प्रवाहका लागि निर्देशनात्मक सुझाव दिएका छन् । प्रशासनिक चापका आधारमा जनशक्तिको अभाव रहेको र त्यसको व्यवस्थापनका लागि थप जनशक्ति माग गरिएको जानकारीसमेत दिइएको छ । सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले तामेलीमा रहेका विवादहरूलाई शीघ्र समाधान गर्न पहल गरिने भएको छ ।

अनुगमनका क्रममा सुधार आवश्यक देखिएको पक्षमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिइएको जनाइएको छ ।

2bfc1c36-bf97-4e68-a687-bca7ad4a7c66.jpg