२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

बुटवलमा युवतीमाथि गोली प्रहार

शनिवार , बैशाख ६, २०८२

बुटवल, ६ वैशाख । रुपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको बुद्धनगर बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
उनको कम्मरमाथि गोली लागेको छ ।

पाल्पाको रैनादेवि छहरा घर भइ हाल बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने बिष्टमाथि गोली प्रहार भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ईन्द्र बहादुर रानाले बताए । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी रानाले जानकारी दिए ।