
सोमवार , बैशाख ८, २०८२
भैरहवा, ८ वैशाख । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले सोमबार नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रम तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ । शाखाका सभापति रामचन्द्र उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले रेडक्रसको इतिहासदेखि वर्तमान अवस्थासम्म उतिकै महत्व रहेको भन्दै रेडक्रसलाई प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा रेडक्रस लुम्बिनी प्रदेश सभापति लाल प्रसाद पंगेनी कृष्ण, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या भण्डारी, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगरका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, युनिभर्सल मेडिकल कलेजका प्रशासन संयोजक तेज के.सी., रेडक्रस रुपन्देहीका उपसभापति रुपमा हिराचन, उपसभापति सुशील गुरुङ, सदस्य महेन्द्र कुमार श्रेष्ठ, चेम्बर अफ कमर्स, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारी, क्यालेण्डर प्रकाशन उपसमिति संयोजक संजिव शर्मा रेग्मी लगायतले भनाइ राखेका थिए ।
कार्यक्रमको सञ्चालन रेडक्रस जिल्ला मन्त्री टेक बहादुर थापाले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij