२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सिद्धार्थनगरका मेयर खाँ भन्छन्–आतंकवादीहरुको कुनै जात र धर्म हुँदैन

शुक्रवार , बैशाख १२, २०८२

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १२ वैशाख । संविधान सभा सदस्य तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले आतंकवादीहरुको कुनै जात, धर्म नहुने भएको बताएका छन् । उनले आतंकवादविरुद्धको लडाईमा ऐक्यवद्धता रहेको बताए । उनले वैशाख ९ गते भारतको जम्मु कश्मीरको पहलगाममा निर्दोश पर्यटकहरुमाथि भएको आतंकवादी हमलाको निन्दा गरेका छन् ।

    ‘आक्रमणमा परि रुपन्देहीको बुटवल कालिकानगर निवासी सुदीप न्यौपानेसहित सबै मृत आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडीमा सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं, ’मेयर खाँद्वारा जारी शोक विज्ञप्तीमा उल्लेख छ ।

    492946127_709438641762218_7683151847766517844_n.jpg