
शुक्रवार , बैशाख १२, २०८२
पाल्पा, १० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिपक्षीय सहकार्यले मात्र सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन सकिने बताएका छन् । पाल्पास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यले मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने धारणा राखे ।
‘सामुदायिक विद्यालयको नतिजा खुम्चिएको छ । यसले चिन्ता थपेको छ । नतिजा सुधार्न गुणस्तरीय शिक्षा आवश्यक छ । यसका लागि यहाँहरूले भूमिका बढाउन जरुरी छ’ मुख्यमन्त्री आचार्यले भने–‘सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन । सन्तोष गर्ने अवस्थामा पु¥याउन मेहनत बढाउन जरुरी छ ।’
मुख्यमन्त्री आचार्यले सामूदायिक विद्यालयप्रति समुदाय नै बढी जिम्मेवार हुनुपर्ने, अभिभावकले नियमित अनुगमन बढाउनुपर्ने र विद्यार्थीले पढाइप्रति रुची बढाउनुपर्नेमा विशेष जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij