
शनिवार , बैशाख १३, २०८२
बुटवल, १३ वैशाख । नेपाल ब्युटिसियन संघ लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार रुपन्देहीको बुटवलमा भएको अधिवेशनले विष्णु थापाको अध्यक्षतामा पुनः नयाँ प्रदेश समिति निर्वाचित गरेको छ ।
थापा प्रदेश समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा पुनम श्रेष्ठ, सचिवमा सुनिता अर्याल, सह–सचिवमा दुर्गा पंगेनी, कोषाध्यक्षमा अविना आचार्य र सह–कोषाध्यक्षमा सीता आचार्य निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरुमा रेनु कर्माचार्य (रुपन्देही), चित्रा पौडेल (कपिलवस्तु), सपना अर्याल (नवलपरासी) सरस्वती राजभण्डारी (पाल्पा) र सुनु राना (रुपन्देही) निर्वाचित हुनु भएको निर्वाचन संयोजक भानु ढुंगानाले जानकार दिए ।
अधिवेशनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलाको सीप र दक्षताका आधारमा उपमहानगरले योजना र कार्यक्रम बनाएको उल्लेख गरे । उनले ब्युटिसियन व्यवसायप्रति आम नागरिकको धारण सकारात्मक बन्नुले सीपप्रतिको सम्मान बढेको बताए । उनले सीप सिकेकाहरुलाई आत्मनिर्भर बन्न, स्वरोजगारसँगै स्वतन्त्रताको वातावरण सृजना गर्न ठूलो भुमिका खेल्ने भएकाले सीप र इलम सिकाउने कुरामा नगरपालिकाले योजनाबद्ध कार्यक्रमहरु ल्याउँदै आएको जानकारी दिए ।
नेपाल ब्युटिसियन संघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु थापाले महिला ब्युटिसियन सदस्यहरुको दक्षता वृद्धिसँगै व्यवसायिक क्षमता विकासका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ब्युटिसियन संघका केन्द्रीय निवर्तमान अध्यक्ष भगवती खड्का, माईक्रो डे«मा कम्पनीका प्रबन्ध निर्देशक भानु ढुंगाना, नेपाल ब्युटिसियन संघका बुटवल नगर अध्यक्ष मनु न्यौपानेलगायतले ब्युटिसियन व्यवसाय स्वरोजगार ब्यवसाय बन्दै गएकाले धेरैको आर्थिकोपार्जनको स्रोतका रुपमा यो पेशा स्थापित भएको बताए ।
सो अवसरमा संघले एकदिने माइक्रो डे«मा फेसियल तालिम समेत गरेको संघका सचिव सुनिता अर्यालले जानकारी दिइन् । तालिममा झण्डै डेढ सय जना महिला ब्युटिसियनको सहभागीता रहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij