
आइतवार , बैशाख १४, २०८२
भैरहवा, १४ वैशाख । जगर्श ग्रुप भैरहवाका सदस्यहरुलाई सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मायादेवी गाउँपालिका–८, लुम्बिनीरोडको उपचारमा छुट हुने भएको छ । ग्रुप र हस्पिटलबीच भएको सम्झौता अनुसार संस्थामा आबद्ध सदस्यहरुलाई हस्पिटलले उपलब्ध गराउने स्वास्थ्य सेवामा छुट हुने भएको हो ।
सम्झौता–पत्रमा उल्लेख भए अनुसार ग्रुपका सदस्यहरुलाई ओपडी सेवामा १५, शल्यक्रिया (अप्रेशन) मा १०, ल्याब जाँचमा १५, जनरल बेड चार्जमा १०, क्याबीन बेड चार्जमा १०, भिडियो एक्स–रे, एक्स–रेमा १०, ई.सि.जि.मा १५, सिटी स्क्यानमा १०, फिजियोथेरापी सेवामा १५ र मुटुको भिडियो (ईको) मा १० प्रतिशत छुट प्रदान गरिनेछ ।
छुट सुविधाका लागि जगर्श ग्रुपमा आबद्ध सदस्यहरुले सदस्यताको परिचयपत्रको फोटोकपी वा कार्यालयको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्ने सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।
सम्झौता २०८२ वैशाख १५ गतेदेखि लागू हुने र यसको अवधि २ वर्ष रहने जगर्श ग्रुपका अध्यक्ष प्रिया बन्धु न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार २ वर्षपछि पुनः सम्झौता नविकरण गर्नुपर्नेछ ।
सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा जगर्श ग्रुपका अध्यक्ष प्रिया बन्धु न्यौपाने, पूर्वअध्यक्ष विकास कुमार सेन, सचिव अनिल के.सी., सदस्य थिरेन्द्र कुमार श्रेष्ठ, सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लिका. प्रबन्ध निर्देशक अर्जुन पौडेल, हस्पिटलका अप्रेशन म्यानेजर विनोद चालिसे लगायतको उपस्थिति थयो ।
जगर्श ग्रुप भैरहवामा बिहानी हिंडाइ हिंड्ने समूह हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij