
सोमवार , बैशाख १५, २०८२
भैरहवा, १५ वैशाख । ब्रिज एडिटिभ्स् प्रा.लि.ले निर्माण व्यवसायीलाई लक्षित गर्दै रुपन्देहीको भैरहवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो उत्पादनको गुणस्तर नेपालमै सर्वोत्कृष्ट रहेको दावी गर्दै बजारमा उपलब्ध विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएको छ ।
कार्यक्रममा सिनियर मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेल, प्रोडक्सन म्यानेजर दर्वेन्द्र सेहेगल, वाटरप्रुफिङ विभागका गणेश रेग्मी र इन्जिनियर देवेन्द्र यादवले उत्पादनको गुणस्तर, सेवा तथा प्राविधिक पक्षहरूबारे प्रकाश पारेका थिए ।
नेपालका सबै क्षेत्रमा ब्रिज एडिटिभ्स् उत्पादनहरू सहजै उपलब्ध रहेको जानकारी दिदै कम्पनीले उत्पादनको गुणस्तर, सेवा तथा प्रविधिमा कम्पनीको प्रतिवद्धता झल्काउने प्रस्तुति समेत दिइएको थियो । अन्तरक्रिया निर्माण क्षेत्रमा ब्रिज एडिटिभ्स्का उत्पादनहरुको प्रयोग तथा यसले ल्याउने सहजताका विषयमा सम्वाद गरिएको थियो ।
ब्रिज एडिटिभ्स्का उत्पादनले भारतीय उत्पादनको निर्भरतालाई कम गर्ने दावी गरिएको छ । कम्पनीले सिलिकन, ब्रिज सुपर लेटेक्स, ब्रिज वेदर प्रो २५० प्लस, सेम–शील्ड टाइल एडिटिभ, अल्ट्रा ह्वाइट एडिटिभ, एटी, डब्ल्यूटी, एफटी तथा विभिन्न प्रकारका टाइल ग्राउट र एपोक्सी ग्राउटका बारेमा जानकारी दिइएको कम्पन्नीका सेल्स म्यानेजर दीपक क्षेत्रीले जानकारी दिए ।
ब्रिज एडिटिभ्स्का उत्पादनहरू नेपालभरका हार्डवेयर तथा टायल पसलहरूमा सहजै पाउन सकिने र उत्पादन प्रयोग गरेपछि विदेशी उत्पादनहरू प्रयोग गर्नुपर्ने आवश्यकता नपर्ने कम्पनीले विश्वास लिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij