२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

डा. पाण्डेले सञ्चालनमा ल्याए ब्रेस्ट केयर सेन्टर

शुक्रवार , बैशाख १९, २०८२

बुटवल, १९ वैशाख । वरिष्ठ स्तन क्यान्सररोग विशेषज्ञ डा. सञ्जय पाण्डेले रुपन्देहीको बुटवलमा स्तन क्यान्सरको परीक्षण तथा उपचार हुने गरी मायादेवी ब्रेस्ट केयर सेन्टर सञ्चालनमा ल्याएका छन् । डा. पाण्डेले बुटवल उपमहानगरपालिकाद्व८ सुख्खानगर भाटभटेनी नजिकै मायादेवी ब्रेस्ट केयर सेन्टर सञ्चालनमा ल्याएका हुन् । 

स्तन क्यान्सरका बिरामीहरुको सहजताका लागि ब्रेष्ट केयर सेन्टर सञ्चालनमा ल्याएको डा. पाण्डेको भनाइ छ । उनले उक्त केयर सेन्टरबाट स्तन क्यान्सरको परीक्षण, प्रयोगशाला, बायोस्पी जाँच, फार्मेसी लगायतका सेवा दिइने बताए । २५ लाख लगानीमा सञ्चालनमा आएको सेन्टरमा ४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । 

WhatsApp Image 2025-05-02 at 10.02.12 PM.jpeg

बिरामीको सहजताका लागि पाण्डेले सेन्टरमा विशेष सुविधासहितको बिरामी कुर्ने कक्षको स्थापना गरेका छन् । जहाँ वातानुकुलित सेवासहित चिया, कफीको पनि व्यवस्था गरिएको पाण्डेले उल्लेख गरे । सेन्टरको क्यान्सर सर्भाईवल सुनिता श्रेष्ठले उद्घाटन गरेकी थिइन् । 

लुम्बिनी प्रदेशमै पहिलोपटक विशेष सुविधासहितको सेन्टर सञ्चालनमा ल्याइएको उनको दावी छ । डा. पाण्डेले दैनिक ओपिडीको फाइदा उठाउन बिरामीलाई आग्रह गरे । विशेष उपकरणबाट गरिने बायोस्पी ट्रुकटको माध्यमबाट गरिने जानकारी दिदै उनले दैनिक ओपिडी सेवा अन्तरगत बिहान ८ बजेदेखि १० र साँझ ५ बजेदेखि ८ बजेसम्म सेवा प्रदान गरिने जानकारी दिए ।