२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवल हस्पिटल प्रा.लि.ले थप सेवा विस्तार गर्दै

शनिवार , बैशाख २०, २०८२

बुटवल, २० वैशाख । बुटवल हस्पिटल प्रा.लि.मा एकैपटकमा १५ जना नर्सहरुका लागि रोजगारी खुलेको छ । अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा नर्ससहितका कर्मचारी माग गरेको संस्थाका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले डायलासिस, सिटी लगायतका सेवा अस्पताल परिसरमै सञ्चालनको तयारी भएकोे बताए । 

त्यसै गरी जनरल, एचडीयू लगायतका विभागहरुको क्षमता थप गर्नुपरेकोले कर्मचारी माग गरिएको हो । अस्पतालले जारी गरेको सूचना अनुसार एक हप्ता भन्दा बढी समय अवधि राखेर नर्सिङ स्टाफको माग भएको छ । उनीहरुलाई अन्तरवार्ताको विधिवाट छनोट गरिने अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.कृष्ण खनालले बताए ।  

WhatsApp Image 2025-05-03 at 9.52.22 AM (1).jpeg

२५ वर्षअघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा.लि. अहिले १ सय शैयामा सञ्चालनमा छ । जहाँ विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसीयू, एनआईसीयू, एचडीयूसहितका उपचार कक्षहरु सञ्चालनमा छन् भने एकपटकमा ४ वटा शल्यक्रिया (अप्रेशन) गर्न मिल्ने गरी ओटि संरचना छ । 

बुटवल हस्पिटलमा चिकित्सक, नर्ससहित ३ सय कर्मचारीहरु कार्यरत छन् । यस क्षेत्रका उद्योगी–व्यवसायी, चिकित्सकहरुसहितको सहभागीतामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ ।