२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सियारीमा सामुदायिक कुकुरको बन्ध्याकरण

शनिवार , बैशाख २०, २०८२

भैरहवा, बैशाख २० । रुपन्देहीको सियारीमा सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविज बिरुद्धको खोप लगाईएको छ। 

गाउँपालिका क्षेत्रभित्र छाडा र भुस्याहा कुकुरको संख्यामा बृद्धि भएपछि सामुदायिक कुकुर खोजि गर्न बन्ध्याकरण र रेविज बिरुद्धको खोप लगाईएको हो । 

सियारी गाउँपालिकाको आयोजना र एक स्वास्थ्य नेपालको सहकार्यमा सियारी वडा नम्बर १ र वडा नम्बर ६ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा ९६ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको पालिकाका पशु सेवा शाखा प्रमुख रामु चौधरीले जानकारी दिए ।  

IMG_5550.DNG

छाडा कुकुरको संख्यामा कमि ल्याउन तथा सन २०३० सम्म रेविजलाई शुन्यमा झार्नका लागि रेविज बिरुद्धको खोप र बन्ध्याकरण कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाईएको एक स्वास्थय नेपालका अध्यक्ष अविचलजंग केसीले जानकारी दिए । 

उनका अनुसार छाडा कुकुरलाई समात्ने, स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य अवस्था ठिक भएकालाई सर्जरी गरी पुन समातेकै ठाउँमा लगेर छाडिएको छ । 

शिविरमा पशु चिकित्सक डा. केशव लम्साल र पक्लिहवा क्याम्पस पशु चिकित्सा अध्ययन गर्ने विद्यार्थीहरुले टोली कुकुरहरुको बन्ध्याकरण गरेका थिए ।