
मंगलवार , बैशाख २३, २०८२
भैरहवा, २३ वैशाख । जिल्ला कारागार नवलपरासीमा क्षयरोगसम्बन्धी स्क्रिनिङ कार्यक्रम गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र विराट नेपाल मेडिकल ट्रष्टको क्रिटिक परियोजनाले कारागारमा रहेका कैदीबन्दीलाई क्षयरोग सम्बन्धी स्क्रिनिङ गरिएको हो ।
परियोजनाले वैशाख ८ गतेदेखि ११ गतेसम्म स्क्रिनिङ गरिएको परियोजनाको कार्यक्रम संयोजक विवेचना पाण्डेले जानकारी दिइन् । कारागारमा रहेका ५ सय ५३ जनामध्ये ५ सय ३७ जनाको स्क्रिनिङ गरिएको थियो । त्यसमध्ये १ सय १३ जनामा क्षयरोगको किटाणु फेला परेको पाण्डेले जानकारी दिइन् । उनका अनुसार ९६ जना पुरुष र १७ जना महिला रहेका छन् । उनीहरु सबैलाई थ्रिएची प्रिभेन्टीभ थेरापी शुरु गरिएको पाण्डेले जानकारी दिइन् । क्षयरोगको किटाणु देखा परेका १ सय १३ जनालाई नै परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा कार्यरत डा.रोशन क्षेत्रीले चेकजाँच गरेपश्चात प्रिभेन्टीभ थेरापी सुरु गरिएको संस्थाले जनाएको छ ।
५२ जनाको खकार जाँच गर्दा क्षयरोगको संक्रमण नरहेको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij