
बिहिवार , बैशाख २५, २०८२
भैरहवा, २५ वैशाख । नेपाल बार एशोसिएशनको २७ औं निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित अधिवक्ता कृष्णप्रसाद पोखरेल र केन्द्रीय सदस्य अधिवक्ता इन्दिरा आचार्यलाई लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
बुधबार एकेडेमीमा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गर्दै एकेडेमीका प्रमुख कार्यकारी अधिकृत पुरन खड्काले बार एशोसिएशनमा धेरैभन्दा धेरै अधिवक्ताहरूलाई समेट्नको लागि सदस्यतासँग सम्बन्धित मापदण्डहरूमा सुधार गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अधिवक्ता कृष्ण प्रसाद पोखरेलले बार र बेञ्चको सम्बन्धबारे कानूनका विद्यार्थी जानकार हुनुपर्ने बताए । पोखरेलले कानून अध्ययनरत विद्यार्थीहरूलाई पनि समेट्दै जाने बताए । त्यस्तै अधिवक्ता इन्दिरा आचार्यले वकालत अदालतमा मात्र नभएर सडक र समाजमा पनि हुने बताउँदै नयाँ पुस्ताका अधिवक्ताहरू हरेक विषयमा दक्ष बन्दै जान सल्लाह दिइन् ।
कार्यक्रम एकेडेमीका ऐकेडेमीक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij