२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

सम्झना रणपालको नयाँ पञ्चेबाजा गीत ‘मन मान्दैन’ सार्वजनिक

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं, २५ वैशाख । कुशाल बेलबासे, रेशम निर्दोष, सम्झना रणपाल र बिधान कार्कीको सशक्त स्वरमा सजिएको नयाँ पञ्चेबाजा गीत ‘मन मान्दैन’ सार्वजनिक भएको छ । शिव हमालको शब्द रचना र बिधान कार्कीको संगीत रहेको यो गीत सम्झना रणपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

गीतले नेपाली मौलिकता र पञ्चेबाजाको सांगीतिक गहिराइलाई समेट्दै जनजीवनका भावनालाई उजागर गरेको छ । यस गीतमा विशेष गरी परम्परागत नेपाली संस्कृति, लोक धुन र विवाह संस्कृतिको झल्को दिने पञ्चेबाजाको प्रयोगले संगीतप्रेमीहरूलाई थप आकर्षित गर्ने विश्वास गरिएको छ ।

गीतमा अनिल पौडेल र सृष्टि रनपालको मुख्य अभिनय देख्न सकिन्छ, जसले गीतको कथावस्तुलाई दृश्यरूपमा जीवन्त बनाएका छन् । गीतको भिडियोमा नेपाली गाउँले परिवेश, विवाह संस्कार र प्रेमका भावहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्न सफल देखिन्छ । ‘मन मान्दैन’ नेपाली लोक संगीतमा प्रेम, संस्कार, र संस्कृति जोड्ने अर्को महत्वपूर्ण कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ ।