२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अवैध रुपमा माटो उत्खनन् गरिरहेको सवारीसाधन प्रहरीको नियन्त्रणमा

शुक्रवार , बैशाख २६, २०८२

भैरहवा, २६ वैशाख । अवैध रुपमा माटो उत्खनन् गरिरहेका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–११ स्थित पिपरहियामा अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा एउटा जेसीबी र एउटा ट्याक्टर नियन्त्रणमा लिएको हो । 

लु १ क ४०४३ नम्बरको जेसीबी र लु ३ त ८६६१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । नियन्त्रणमा लिइएको सवारीसाधनलाई आवश्यक कारवाहीका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा पठाइएको र कार्यालयले ६५ हजार रुपैयाँ जरिवाना गरेको डीएसपी कार्कीले जानकारी दिए ।