२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विश्व रेडक्रस दिवसको अवसरमा सि.बि. पब्लिकमा विभिन्न कार्यक्रम

शुक्रवार , बैशाख २६, २०८२

भैरहवा, २६ वैशाख । विश्व रेडक्रस दिवसको अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित सि.बि.पब्लिक हाई स्कूलमा बिहीबार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । सि.बि.पब्लिक जुनियर रेडक्रस सर्कल र सि.बि.पब्लिक युवा रेडक्रस सर्कलको संयुक्त आयोजनामा कार्यक्रमहरु सम्पन्न भएका हुन् ।

सोही अन्तर्गत रेडक्रसको सम्बन्ध सम्बन्धि प्यानल डिस्कसन गरिएको छ । उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका सभापति राजेश जि.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्यानलिस्टमा शिक्षक नायक गोविन्द थापा मगर, युवा रेडक्रस सर्कलका अध्यक्ष कृशाङ्ग थापा मगर, जुनियर रेडक्रस सर्कलका अध्यक्ष समृद्धि मल्लिक, बाल क्लबका अध्यक्ष केशब भण्डारी प्रस्तोता रहेका थिए ।
त्यस्तै विद्यालयको प्रार्थना सभामा ‘म सेवा गर्छु’  र ‘हामी सेवा गर्छौं’  तथा रेडक्रसको सिद्धान्तबारे ४५ मिनेट प्रवचन गरिएको थियो । उक्त प्रवचनको प्रमुख वक्ता राजेश जि.सी. र वक्ता सि.बि. पब्लिक हाई स्कूलका प्रिन्सिपल उदय कुमार मल्लिक रहेका थिए ।

494569127_122163135464374605_6739139894887115215_n.jpg

त्यसै गरी विद्यालय अगाडि सिद्धार्थ राजमार्गमा हिडिरहेका करिब १ हजार १ हजार १ सयजनालाई निःशुल्क पानी वितरण गरिएको थियो । रेडक्रस सर्कलसका सम्पूर्ण सदस्यहरु विद्यालयका सम्पूर्ण विद्यार्थीहरु सम्पूर्ण शिक्षक कर्मचारीहरुबाट, विद्यालयबाट, भैरहवाको देवकोटा चोकदेखि बुद्धचोक, बैंकरोडमा लगायत स्थानमा बटुवाहरु तथा पसलहरुबाट करिब ३० हजार रुपैयाँ संकलन गरिएको थियो । संकलित रकमको एक तिहाई बराबरको रकमको सामग्रीहरु वृद्धा  आश्रममा, एक तिहाई रकम बराबरको सामान अनाथ आश्रममा र एक तिहाई रकम बराबरको सामग्रीहरु सिद्धार्थनगर सिटी हस्पिटलमा उपचाररत दीर्घ रोगीहरुलाई वितरण गरिएको थियो ।

495963829_122163134342374605_5993620299900497191_n.jpg