२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मुख्यमन्त्री आचार्यद्वारा प्रथम रुरुक्षेत्र शालग्राम महोत्सवको उद्घाटन

शुक्रवार , बैशाख २६, २०८२

पाल्पा, २६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुरुक्षेत्र धाममा आयोजित प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२ को उद्घाटन गरेका छन् । शुक्रबार एक भव्य समारोहकाबीच मुख्यमन्त्री आचार्यले महोत्सवको उद्घाटन गरेका हुन् ।

नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक धाम रुरुक्षेत्रमा शालग्राम दिवसको अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको छ । 

महोत्सवमा विविध धार्मिक, साँस्कृतिक तथा पर्यटनमूलक कार्यक्रम समावेश गरिएको छ । रुरुक्षेत्र ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण स्थलमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार भइ पर्यटनको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ । महोत्सव दुई दिनसम्म चल्नेछ ।