
शुक्रवार , बैशाख २६, २०८२
तिलोत्तमा, २६ वैशाख । लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले ७३ औं कानून दिवस वक्तृत्वकला प्रतियोगिता आयोजना गरी मनाएको छ । २००९ सालमा प्रधानन्यायालय ऐन जारी भएको दिनलाई कानून दिवसको रुपमा मनाइने गरिएको छ ।
‘शक्ति पृथकीकरणको सिद्वान्त र अभ्यास’ विषयक वक्तृत्वकलामा बोल्दै एकेडेमीका एकेडेमीक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठले कानूनका विद्यार्थीहरुले राजनीतिक सिद्वान्त र त्यसको सामयिमक अभ्यासहरुबारे पनि अध्ययन गरिरहनुपर्ने बताए । श्रेष्ठले नेपालमा शक्ति पृथकीकरणको सिद्वान्तको प्रभावकारी कार्यान्वयन नहुँदा राजनीतिक प्रणालीमाथि नै प्रश्न उठ्ने गरेको बताए । त्यस्तै कानुन संकाय कोअर्डिनेटर अधिवक्ता दामोदर घिमिरेले शक्ति पृथकीकरणको सिद्वान्तको इतिहासको चर्चा गरे ।
वक्तृत्वकलामा प्रतियोगितामा बी.ए.एल.एल.बी.प्रथम वर्षका अजिता पाण्डे प्रथम, बी.ए.एल.एल.बी. दोस्रो वर्षका नवराज उपाध्याय दोस्रो, बी.ए.एल.एल.बी. दोस्रो वर्षका धारणा शर्मा तृतीय र प्रथम वर्षका सुन्दर डाँगी र दोस्रो वर्षका यमुना आचार्य सान्तवना स्थान प्राप्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij