
आइतवार , बैशाख २८, २०८२
भैरहवा, २८ वैशाख । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा युनिभर्सल र संजीवनी प्रथम भएका छन् । भैरहवामा सम्पन्न प्रतियोगितामा छात्रातर्फ सामाजिक संजाल–उपकरण अथवा जाल शिर्षकमा ११ जना सहभागी थिए । जसमा युनिभर्सल इङ्गलिस बोर्डिङ स्कूलका गंगा घिमिरे प्रथम, न्यू ईराको श्रेया आचार्य दोस्रो, सि.बि. पब्लिकको सिद्दी पौडेल तेस्रो र मनकामनाको दिव्या बरुण चौथो हुन सफल भएका थिए ।
त्यस्तै छात्रतर्फ युवा : देशको भविष्य शिर्षकमा १० जना सहभागी भएका थिए । संजीवनीको अंश कसौधन प्रथम, सि.बि. पब्लिकको केशव भण्डारी दोस्रो, युनिभर्सलको सम्राट पोखरेल तेस्रो र श्री लुम्बिनी सृजनाको सोयश पाण्डे चौथो हुन सफल भएका थिए ।
त्यस्तै शुक्रबार नै भएको जुनियर लेभल छात्रातर्फको कलरिङ प्रतियोगितामा मनकामनाको अर्पा खातुन प्रथम, फ्लोरलको जया यादव दोस्रो, आदर्श विद्या मन्दिरको स्वेच्छा प्रधान तेस्रो र मिनर्वाको विपना थारु चौथो हुन सफल भएका थिए ।
छात्रतर्फ भएको कलरिङ प्रतियोगितामा मनकामनाको अब्रास खान प्रथम, फ्लोरलको मोहम्द अल्फाज दोस्रो, युनिभर्सल करण महतो तेस्रो र संजीवनीको उत्सव मण्डल चौथो हुन सफल भएका थिए ।
विष्णु पन्थीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष डि.बी. थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं सामूहिक विद्यालय परिवारका पूर्वअध्यक्ष गोकुल पोखरेल, उदय कुमार मल्लिक, देवी गुरुङ लगायतले बोलेका थिए ।
प्रतियोगितामा भैरहवा बहुमुखी क्याम्पसका लेक्चरर डि.बी. थापा, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक दयानिधि गौतम निर्णायक थिए ।
सामूहिक विद्यालय परिवारको रुपन्देहीका सचिव प्रमोद यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij