२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

बुद्धका उपदेशहरु विश्व शान्तिका लागि महत्वपूर्ण : प्रधानमन्त्री ओली

सोमवार , बैशाख २९, २०८२

लुम्बिनी, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका उपदेशहरु विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताएका छन् । २५६९ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८२ को अवसरमा सोमबार लुम्बिनीमा आयोजना गरिएको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि रहेको र विश्वका लागि महत्वपूर्ण रहेको बताएका हुन् ।

हालै भारत र पाकिस्तानबीच अलिकति हात हालाहाल भएको तर अघि बढ्न नपाएको उल्लेख गर्दै उनले संयमका लागि धन्यवाद दिए । उनले हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना नेपालले गर्दै कुरा समेत गरेको जिकिर गरे । यस अर्थमा सबै कुराका लागि शान्तिको महत्व रहेको उनले बताए ।

उनले अहिले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र थुप्रो लगाउने काम भइरहेको र यो मानव र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज भएको उल्लेख गरे । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि फेरि पनि विश्व शान्तिको पक्षमा रहनुुपर्ने उनको भनाइ छ । 

त्यस्तै प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्रको विकास, यसको वफरजोनको विकास लगायतका कुराहरुमा सरकारले विशेष ध्यान दिने धारणा राखे । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुुद्धिजम्को सन्दर्भमा खोज अध्ययन र अनुुसन्धानका ध्यान दिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले बृहत लुम्विनी गुुरुयोजनालाई सकेसम्म छिटै पूरा गर्ने सरकारको प्रयास रहेको जानकारी दिए ।