२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बिहिवार , जेठ २, २०८२

काठमाडौं, १ जेठ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो ।

इण्डियन आयल कर्पोरेसनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगंज, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढी क्षेत्र पर्छन् ।यो क्षेत्रमा अब पेट्रोलको मूल्य १५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १३९ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १५६ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४१ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ पर्नेछ ।