२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

गायन रियालिटी शो सिङ्गिङ स्टार नेपालको टप ५ मा पुगे कञ्चनपुरका आशिष

शुक्रवार , जेठ ३, २०८२

रुपन्देही, २ जेठ । आफ्नो सांगीतिक प्रतिभाका कारणले सुदूरपश्चिम प्रदेशले फेरि एकपटक देशभर चर्चा कमाएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–४, बैतडाका २२ वर्षीय गायक आशिष चन्द (असीम) ले नेपालको चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन–१’ मा ग्राण्ड फिनालेमा आफ्नो स्थान सुरक्षित बनाएर सुदूरपश्चिमको नाम उजागर गरेका छन् । 

सानैदेखि संगीतमा रुची राख्ने असीमको सुमधुर आवाज र प्रस्तुतिले यसअघि ‘द भ्वाइस नेपाल’ मा पनि दर्शक र निर्णायकको मन जितेको थियो । वि.सं. २०६० साल कार्तिक २० गते जन्मेका आशिषले ‘सिङ्गिङ स्टार नेपाल’ मा प्रस्तुत गरेको गायनले फेरि सबैलाई मन्त्रमुग्ध बनाएको छ । उनको यो यात्राले सुदूरपश्चिमका युवा कलाकारहरूमा नयाँ जोस र प्रेरणा थपेको छ ।

कक्षा ४ मा पढ्दादेखि नै गीत गाउन थालेका आशिषले सम्पूर्ण सुदूरपश्चिमबासी र नेपाली दर्शकलाई आफ्नो यो सांगीतिक यात्रामा साथ दिन आग्रह गरेका छन् । उनको समर्थनमा भोटिङ आइतबार राति १०ः३० बजेदेखि सुरु भइ जेठ ३ गते राति ८ बजेसम्म चल्नेछ । उनले सम्पूर्ण सुदूरपश्चिबासीलाई भोट गरिदिन आग्रह गरेका छन् ।  

576a2644-fe7e-464b-b8f2-904c2cc1e91d.jpg

कञ्चनपुरबाट राष्ट्रिय मञ्चसम्म पुग्ने उनको दूरीले सुदूरपश्चिमको संगीत क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ । यसअघि भोईस अफ नेपाल नामक रियालिटि शोमा पनि सहभागी भइ ब्याटल राउण्डसम्मको यात्रा पूरा गरेका आशिषको यो उपलब्धि सुदूरपश्चिमका विभिन्न जिल्लाका युवाहरूका लागि ठूलो प्रेरणा बनेको छ ।