
शुक्रवार , जेठ १०, २०८२
काठमाडौं, ९ जेठ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुरस्कार वितरण एवं समर्पण कार्यक्रममा नुरगंगा प्रतिभा पुरस्कार गुठीले ३० हजार नगद राशीसहितको लोक गायन पुरस्कार लोक गायक डिल्ली नारायण पाण्डेयलाई प्रदान गरेको छ ।
त्यसैगरी नव प्रतिभा पुरस्कारद्वारा अर्का लोक कलाकार प्रकाश दुतराजलाई सम्मान गरेको छ । बाल साहित्य पुरस्कार संयुुक्त रुपमा प्राध्यापक राम कुमार पाँडे र रामबाबु सुवेदीलाई र नव प्रतिभा क्षेत्रीय साहित्य पुरस्कार सागर पौडेललाई प्रदान गरिएको र सबैलाई नगदसहित सम्मान गरिएको सदस्य सचिव यज्ञ प्रसाद शर्मा पोख्रेलले बताउनुभयो । विगत ३० वर्ष यतादेखि लगातार गुठीले कला र साहित्य क्षेत्रमा सक्रिय एवं योगदान पुर्याएका प्रतिभाहरुलाई सम्मान गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij