२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जितवापुर घटनामा संलग्नलाई कारवाही गर्न विश्व हिन्दू परिषद् नेपालको माग

मंगलवार , जेठ १४, २०८२

भैरहवा, १३ जेठ । विश्व हिन्दू परिषद्, नेपालले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ स्थित जितवापुरमा सञ्चालित महायज्ञमा भएको घटनामा संलग्नलाई कारवाहीको माग राखेको छ । यही जेठ १० गते मध्यराती महायज्ञमा भएको सांघातिक आक्रमणप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको परिषद्ले जनाएको छ ।

सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै परिषद्ले घटनास्थलबाट हतियारसहित पक्राउ परेका र अझै फरार रहेका अन्य दोषीहरुलाई समेत यथाशिघ्र पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउन माग गरेको हो ।

‘प्रहरी प्रशासनद्वारा तत्काल चालिएको कदम सराहनीय भए तापनि, यस्ता धार्मिक कार्यक्रमहरुमा सुरक्षाको सुनिश्चितता गर्नु राज्यको प्रमुख दायित्व हो । ‘यसै सन्दर्भमा, भविष्यमा यस्ता घटनाहरुको पुनरावृत्ति नहोस् भन्नका लागि जिल्ला प्रशासनद्वारा ठोस सुरक्षा नीति अवलम्बन गर्न जरुरी देखिन्छ, ’ज्ञापनपत्रमा उल्लेख छ । 

धार्मिक महायज्ञलाई बिगार्ने दुरासयले गरिएको आक्रमणबाट घाइते तथा पीडित पक्षलाई उचित उपचार, राहत र न्याय उपलब्ध गराउनुपर्ने विश्व हिन्दू परिषद्, नेपाल रुपन्देहीका अध्यक्ष गोपाल उपाध्यायले बताउनुभयो । उहाँले धार्मिक सहिष्णुता र सद्भावमा विश्वास गर्ने समाजमा यस्ता हिंसात्मक कार्यहरु मुलुकको धार्मिक सौहार्दतामा खलल पुर्याउने गम्भिर षडयन्त्र भएको बताउनुभयो ।

‘यस घटनालाई सुामान्य रुपमा नलिई धर्म, संस्कृति र सामाजिक शान्तिमा विश्वास राख्ने सम्पूर्ण नेपाली नागरिकको भावनालाई सम्मान गर्दै आवश्यक कानूनी कदम चाल्नुहुने विश्वास चाल्नुहुने विश्वाससहित यो ज्ञापनपत्र पेश गरिएको छ, ’परिषद्का विभागाध्यक्ष दीपक प्रसाद लोधले भन्नुभयो ।