२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ट्रक यातायात व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता

बिहिवार , जेठ १६, २०८२

भैरहवा, १५ जेठ । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवामा स्वागत, छलफल तथा परिचयात्मक कार्यक्रम गरेको छ । संघले बुधबार लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीको १३ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत एवं सम्मानका साथै छलफल गरेको हो ।

कार्यक्रममा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले यस क्षेत्रको समग्र विकासका लागि सञ्जालले आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले ट्रक यातायात व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । अध्यक्ष ज्ञवालीले सिद्धार्थ सञ्जाल र लुम्बिनी ट्रक यातायात व्यवसायी संघबीच सहकार्य हुने  बताउनुभयो । उहाँले नेपाली ट्रक यातायात व्यवसायी मर्कामा परेको बताउनुभयो ।

संघका उपाध्यक्ष डा. शान्त कुमार शर्माले भन्सार बिन्दुमै मालवाहक सवारीसाधन भारमिलान गर्ने नियम केवल एउटा सीमा नाकामा मात्र  किन लागू गर्न किन खोजियो भन्दै प्रश्न गर्नुभयो । उहाँले नेपालभरी एउटै नियम लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ट्रक यातायात व्यवसायीका समस्यालाई आफ्नै समस्या सम्झेर समाधानका लागि पहल गर्ने बताउनुभयो ।

लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष रुमाखर गौतमले सिद्धार्थ सञ्जाल र लुम्बिनी ट्रक यातायात व्यवसायी संघबीच नङ र मासुको जस्तो सम्बन्ध जस्तै रहेको बताउनुभयो । उहाँले ट्रक यातायात व्यवसाय सञ्चालनमा धेरै चुनौती रहेको बताउनुभयो । अध्यक्ष गौतमले पार्किङको ठूलो समस्या भएको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रमा यातायात व्यवसायीहरुको ठूलो योगदान रहेको बताउनुभयो । भारतीय ओभरलोड गाडीको बिगबिगीका कारण नेपाली व्यवसायी मर्कामा परेको उहाँको भनाइ थियो ।

संघका निवर्तमान अध्यक्ष विष्णु प्रसाद खरेलले नेपालको उद्योग–व्यवसाय फस्टाओस् भन्ने आफूहरुको चाहना भएको बताउनुभयो ।

IMG_6442.JPG

सिद्धार्थ सञ्जालकी सचिव विन्दु न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।