
आइतवार , जेठ १९, २०८२
बुटवल, १८ जेठ । गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिरामीलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले समाजले लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरेको हो ।
रुपन्देही व्यापार संघद्वारा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) उपकरण हस्तान्तरण तथा तथा उद्घाटन कार्यक्रमका सन्दर्भमा समाजले रुपन्देही व्यापार संघसँग सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता, रुपन्देही व्यापार संघका अध्यक्ष दीपकप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा समाजसेवी भगत सिंह खड्काको विशेष आतिथ्यता भएको कार्यक्रममा समाजका अगुवा तथा विभिन्न क्षेत्रमा विशिस्ट योगदान गरेका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा संरक्षक ई. हिराबहादुर भलामी, श्रृंगेश्वर धामका अध्यक्ष तथा सल्लाहकार ऋषि भण्डारी, सल्लाहकार टीकाराम घिमिरे, सल्लाहकार लोकनाथ उपाध्याय, छोरी शिक्षा कार्यक्रमका अध्यक्ष तथा सल्लाहकार ओमी पुन, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, पूजा समिति तथा ज्येष्ठ नागरिक मिलन केन्द्र दैनिक कार्य सञ्चालन संयोजक नेत्रप्रसाद ज्ञवाली, गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखा अध्यक्ष केशवराज ज्ञवाली र प्रथम आजीवन सदस्य नन्दराम भुसाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष दीपक प्रसाद अधिकारी, समाजसेवी भगतसिंह खड्का, सम्मानित व्यक्तित्वकोतर्फबाट सल्लाहकार टीकाराम शर्मा घिमिरेले सामाजिक कार्यमार्फत गुल्मेली सम्पर्क समाज रुपन्देहीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
सम्मान कार्यक्रम संयोजक लक्ष्मण ज्ञवालीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको उक्त कार्यक्रमको सञ्चालन सचिव भोज बहादुर खत्री (भोजेन्द्र) ले तथा स्वागत रक्तदान कार्यक्रम संयोजक हेम थापाले गर्नुभएको थियो । रक्तदान कार्यक्रममा २ सय ९७ जनाले रक्तदान गरेको आयोजकले जनाएका छन् ।
कार्यक्रममा सल्लाहकार वरिष्ठ सर्जन कृष्ण खनाल, वासुदेव अर्याल, डिल्लीराज भट्टराई, मित्रलाल न्यौपाने, नन्दराम भण्डारी, केशवराज पोख्रेल, खडानन्द भण्डारी, पारसमणि भण्डारी, गोविन्द अर्याल, सुनिता जिसी लगायतको उपस्थिति थियो ।
अध्यक्ष डा. पन्थले सम्पूर्ण रक्तदाता, रुपन्देही व्यापार संघ, रक्त सञ्चार केन्द्र बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेडिकल सुपरीटेण्डेण्ट डा. ईन्द्र ढकाल, स्वास्थ्यकर्मी, लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij