२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तातो हावा लहर (लु) सम्बन्धी सचेतनामूलक कार्यक्रम

सोमवार , जेठ २०, २०८२

भैरहवा, १९ जेठ । रुपन्देहीको भैरहवामा तातो हावाको लहर (लु) सम्बन्धी सचेतनामूलक तथा चिसो पानी एवं सर्वत वितरण कार्यक्रम सुरु भएको छ । हिट एक्शन डे–२०२५ अन्तर्गत आइतबार सुरु भएको कार्यक्रम मंगलबारसम्म सञ्चालन हुनेछ । अमेरिकन रेडक्रसको सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय तथा रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रमको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै वडाअध्यक्ष श्रेष्ठले गर्मीमा चिसो पानी पिउन, घाममा नहिंड्न र लुबाट बच्न आग्रह गर्नुभयो ।

nnn2l.jpeg

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको विपद् फोकल पर्सन यादव प्रसाद सापकोटा, रेडक्रस रुपन्देहीका उपसभापति सुशील गुरुङ, रुपमा हिराचन, सिद्धार्थ उपशाखा सभापति राजेश जि.सी. लगायतले बोल्नुभएको थियो ।

रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायको सभापतित्व, जिल्ला सदस्य महेन्द्र कुमार श्रेष्ठको स्वागत तथा प्रोग्राम फोकल पर्सन सुरक्षा भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तीनदिने कार्यक्रम अन्तर्गत सिद्धार्थनगर नगरपालिकामा चिसोपानी, सर्बत, जीवनजल वितरण तथा सचेतनामूलक गरिने सुरक्षा भट्टराईले जानकारी दिनुभयो ।

nnn.jpeg