२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पाँचदिने सेल्फ मेकअप तालिम सम्पन्न

बुधवार , जेठ २२, २०८२

भैरहवा, २१ जेठ । सिद्धार्थनगर नगरपालिका ५ नम्बर वडा कार्यालय, रुपन्देहीले महिलाहरुका लागि पाँचदिने सेल्फ मेकअप तालिम सम्पन्न गरेको छ ।  सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा मंगलबार एक कार्यक्रमकाबीच तालिमको समापन गरिएको हो । 

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँले तालिमबाट महिला दिदीबहिनीहरुले दैनिक रुपमा प्रयोग गर्दै आएको मेकअप विधिलाई प्रयोग गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले  महिलालाई नै लक्षित गरिएको तालिममा अफिसियल तथा डे मेकअप र स्किन केयर जस्ता विषयवस्तुहरुले थप आकर्षक बनाएको उल्लेख गर्नुभयो । उहाले सिनपा वडा नम्बर ५ ले धेरै किसिमका कार्यक्रम आयोजना गर्दै आएको बताउँदै यो जनतासँग जोडिएको समेत उल्लेख गर्नुभयो । नगरप्रमुख खाँले सिकेका कुराहरु व्यवहारमा उर्तान आग्रह गर्दै यसलाई व्यवसायिक रुपमा अगाडी लैजान सके मात्र जीवनमा परिर्वतन ल्याउन सकिने बताउनुभयो । 

त्यस्तै सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडाबासीको मागअनुसार नै वडा नम्बर ५ ले विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको विकाससँगै वडा नम्बर ५ ले मानवीय विकासमा समेत जोड दिदै बताउनुभयो ।

कार्यक्रममा तालिमको प्रशिक्षक सृष्टि लाकोल श्रेष्ठले सिकाईको कहिल्यै अन्त्य नभएकोले तालिममा महिला दिदीबहिनीहरूको सीपको विकास भइ क्षमता अभिवृद्धिमा सहयोग पुगेको बताउनुभयो ।  उहाँले तालिमले आफ्नो काममा महिला दिदीबहिनीको अझै जिम्मेवारी बढाएको बताउँदै सिकेका कुराहरु आफनो व्यवहारमा उतारे पनि आफ्नो पेशामा अझै निर्धक्कसँग काम गर्न सक्ने गरी सिकेको बताउनुभयो । 

वडा सदस्य किरण देवी सुनारको स्वागतमा भएको कार्यक्रममा वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ, वडा सदस्य सीता बुढाप्रिती, भैरहवा नमुना माध्यमिक विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डे, शिक्षक टिकाराम भट्टराई, समाजसेवी नारायण प्रसाद अग्रवाल, तालिममा सहभागी रश्मी रसाइली, शोभा भट्टराई लगायतले भनाइ राख्नुभएको थियो । वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागीता थियो ।

09f05f35-0ef2-4758-912a-1e075debde04.jpg